नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार : Icon Khabar

काठमाडौं, असोज ७ । नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।

नेप्सेको अध्यक्ष भएर आए लगत्तै बस्यालले कर्पोरेट स्टाइलमा काम गर्न सुरु गरेका थिए। तर कर्मचारीलाई भने उनको कार्यशैली मन परेको थिएन। आएको केही दिनमै कर्मचारीहरूलाई विभिन्न निर्देशन दिन थालेपछि कर्मचारी आक्रोशित भएको बताइएको छ।

कर्मचारीहरूले अध्यक्षको चेम्बरमा चर्काचर्की गर्दै अध्यक्षको अपमान गरेका छन्। करिब एक घण्टा जति कर्मचारीले अमर्यादित व्यवहार गरेपछि बस्याल कार्यालय छोडेर घर तीर लागेका छन्।

Published Date: 23 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी