आइतबार नेप्से परिसूचक ११९.७० अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ११९.७० अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ५ । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक ११९.७० अंकले बढेर २६२३.६२ विन्दुमा पुगेको छ । आज नेप्से इन्डेक्स ४.४४ प्रतिशतले बढेको हो।

आज ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सेयर मूल्यमा सकारात्मक सर्किट लागेका कम्पनीहरुमा सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडवील फाइनान्स, शिवम् सिमेन्ट, आँखु खोला जलविद्युत कम्पनी, जोशी हाइड्रो, बलेफी हाइड्रो, हिमाल दोलखा हाइड्रो र अपि पावर रहेका छन् ।

आजको कारोबार वृद्धि हुनुको मुख्य कारणमा अर्थमन्त्री रामेश्वर खनाल पुँजी बजारप्रति सकारात्मक देखिनु, गभर्नरसँग लगानीकर्ताको भेटघाट, सेयर बजार सुधार कार्यदल गठन गरिनु, अन्तिम १५ मिनेट कारोबार औसत स्थगित गरिनु आदि रहेको बताइएको छ ।

यसले लगानीकर्ताको मनोबल बढ्दा बजारमा सकारात्मक प्रभाव परेको हो।

जेनजी आन्दोलनका कारण एक साताभन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको बजार १६० अंकले घटेको थियो।

Published Date: 21 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी