तरकारी ओसार्ने गाडीबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद

तरकारी ओसार्ने गाडीबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद : Icon Khabar

रौतहट, असोज ५ । तरकारी ओसार्ने गाडीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । शनिबार साँझ करिब साढे सात बजेतिर रौतहटको इशनाथ नगरपालिका-८ मोतिपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले तरकारी बोकेको गाडीबाट गाँजा बरामद गरेको हो ।

प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी रामपुरखापको टोलीले चेकजाँज गर्दा ३ सय ३४ केजी गाँजा बरामद भएको हो ।

तरकारी बोकेको सो भ्यानको माथिल्लो भागमा २० बोरा फूलकाउली देखिने गरी राखिएको तर त्यसको तल २६ पोका गाँजा लुकाइएको अवस्थामा फेला परेको डीएसपी राजु कार्कीले बताए । गस्ती टोलीलाई देखेपछि चालक गाडी छोडेर फरार भएका थिए ।

बरामद गाँजा मध्ये १५ केजी तौलका १९ पोका र ७ केजी तौलका ७ पोका गरी जम्मा ३ सय ३४ केजी रहेको छ । प्रहरीका अनुसार गाँजासहितको भ्यान नियन्त्रणमा लिएर फरार चालक र संलग्न तस्करको खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए ।

Published Date: 21 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी