तरकारी ओसार्ने गाडीबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद

तरकारी ओसार्ने गाडीबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद : Icon Khabar

रौतहट, असोज ५ । तरकारी ओसार्ने गाडीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । शनिबार साँझ करिब साढे सात बजेतिर रौतहटको इशनाथ नगरपालिका-८ मोतिपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले तरकारी बोकेको गाडीबाट गाँजा बरामद गरेको हो ।

प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी रामपुरखापको टोलीले चेकजाँज गर्दा ३ सय ३४ केजी गाँजा बरामद भएको हो ।

तरकारी बोकेको सो भ्यानको माथिल्लो भागमा २० बोरा फूलकाउली देखिने गरी राखिएको तर त्यसको तल २६ पोका गाँजा लुकाइएको अवस्थामा फेला परेको डीएसपी राजु कार्कीले बताए । गस्ती टोलीलाई देखेपछि चालक गाडी छोडेर फरार भएका थिए ।

बरामद गाँजा मध्ये १५ केजी तौलका १९ पोका र ७ केजी तौलका ७ पोका गरी जम्मा ३ सय ३४ केजी रहेको छ । प्रहरीका अनुसार गाँजासहितको भ्यान नियन्त्रणमा लिएर फरार चालक र संलग्न तस्करको खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 September 2025
Website | + posts




ताजा
जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट संचालनमा आउने
चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु
बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका