आइतबार सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, असोज ५ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ ।

गत शुक्रबार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ ।

आज सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ ३१ गतेपनि सुनको मूल्य २ लाख १७ हजार १ सय नै पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६२० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 21 September 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग