आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, असोज ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १५ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८५ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

Published Date: 21 September 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न