सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब

सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब : Icon Khabar

काठमाडौँ, भदौ २३ । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’

गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै कांग्रेसका कार्यकर्ताहरुले राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2025
Website | + posts