पुटिन र किमप्रति ट्रम्पको आक्रोश : उनीहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्

पुटिन र किमप्रति ट्रम्पको आक्रोश : उनीहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन् : Icon Khabar

न्युयोर्क, भदौ १८ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिका विरुद्ध षड्यन्त्र गरीरहेको आरोप लगाएका छन् ।

चीनको ८०औँ विजय दिवसका अवसरमा सैन्य परेडमा पुटिन र उत्तर किम जोङ सहभागी भइरहेको बेला ट्रम्पले ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन भनिदिनुहोस्। उनीहरू दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्।’

चीनले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासिस्टविरोधी युद्धको विजयको रुपमा ८०औँ वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा बेइजिङमा भव्य सैन्य परेड आयोजना गरिएको छ । उक्त सैन्य परेडमा २६ देशका प्रमुखहरू सहभागी भएका छन् ।

ट्रम्पले राष्ट्रपति सीले चीनको स्वतन्त्रताका लागि अमेरिकाले कति समर्थन र रगत दियो भनेर उल्लेख गर्ने अपेक्षा पनि गरेका छन्। उनले लेखेका छन्, ‘चीनको विजयका लागि धेरैजना अमेरिकी मरे। मलाई आशा छ, उनीहरूको बहादुरी र बलिदानका लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ।’

चिनियाँ राष्ट्रिपति सी चिनफिङ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लगायतका नेताहरूसँगै देखिएका थिए। बिहान ६ : ४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजेपछि सकिएको थियो। हजारौं सैनिकहरुको परेडको सुरूमा राष्ट्रपति सीले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित