पुटिन र किमप्रति ट्रम्पको आक्रोश : उनीहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्

पुटिन र किमप्रति ट्रम्पको आक्रोश : उनीहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन् : Icon Khabar

न्युयोर्क, भदौ १८ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिका विरुद्ध षड्यन्त्र गरीरहेको आरोप लगाएका छन् ।

चीनको ८०औँ विजय दिवसका अवसरमा सैन्य परेडमा पुटिन र उत्तर किम जोङ सहभागी भइरहेको बेला ट्रम्पले ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन भनिदिनुहोस्। उनीहरू दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्।’

चीनले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासिस्टविरोधी युद्धको विजयको रुपमा ८०औँ वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा बेइजिङमा भव्य सैन्य परेड आयोजना गरिएको छ । उक्त सैन्य परेडमा २६ देशका प्रमुखहरू सहभागी भएका छन् ।

ट्रम्पले राष्ट्रपति सीले चीनको स्वतन्त्रताका लागि अमेरिकाले कति समर्थन र रगत दियो भनेर उल्लेख गर्ने अपेक्षा पनि गरेका छन्। उनले लेखेका छन्, ‘चीनको विजयका लागि धेरैजना अमेरिकी मरे। मलाई आशा छ, उनीहरूको बहादुरी र बलिदानका लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ।’

चिनियाँ राष्ट्रिपति सी चिनफिङ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लगायतका नेताहरूसँगै देखिएका थिए। बिहान ६ : ४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजेपछि सकिएको थियो। हजारौं सैनिकहरुको परेडको सुरूमा राष्ट्रपति सीले सम्बोधन गरेका थिए।

Published Date: 03 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै