सगरमाथाको फोहर संकलनमा ड्रोनको प्रयोग

सगरमाथाको फोहर संकलनमा ड्रोनको प्रयोग : Icon Khabar

काठमाडौं, भदौ १८ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ। नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ।

तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ। जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ।

हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ। विद्युतीय सवारी बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर संकलन गरिरहेको जनाएको छ।

साइमक्स इंकका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर संकलनको लक्ष्यसहित काम गरिरहेको छ। बिवाइडीले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाइ वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर संकलन अभियान सुरु गरेको हो।

उक्त अभियान स्वच्छ ऊर्जाको प्रवद्र्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रूपमा सुरु गरिएको हो र साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० साहिल श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक रूपमा यस अभियानमा जोडिएको बताए।

आफूहरूले सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आफूहरुले उक्त अभियान सुरु गरेको उनको भनाइ छ।

Published Date: 03 September 2025
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो