अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुग्यो

अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुग्यो : Icon Khabar

काठमाडौं, भदौ १८ । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुगेको छ । अन्य ३ हजार २ सय ५१ जना घाइते भएका छन् ।

अफगान रेड क्रिसेन्ट सोसाइटीका सूचना तथा प्रकाशन प्रमुख जुमा खान नायलले बताएअनुसार भूकम्पका कारण मुख्यतया कुनार प्रान्तमा ८ हजार भन्दा बढी आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् ।

राहत र उद्धार टोलीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काम गरिरहेका छन् । अगस्ट ३१ मा स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो । जसको केन्द्रबिन्दु नान्गरहार प्रान्तको राजधानी जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा आठ किलोमिटर गहिराइमा रहेको थियो ।

Published Date: 03 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै