सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो

सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो : Icon Khabar

काठमाडौं, भदौ १८ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे।

पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको आज पाँचाै दिन हो ।

पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीको मूल्य भने आज सामान्य घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी ताेलाकाे दुई हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2025
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध