काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन

काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन : Icon Khabar

काठमाडौं, भदौ ०३ । नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको प्रस्ताव दर्ता गराउन सांसदहरुलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटो भएको बताएका छन् । मंगलवार सिंहदरबारमा दुवै राजनीतिक दलले आफ्ना सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराएका छन् ।

कारणबारे सबैले उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गराउने अनुमान गरेपनि दुवै राजनीतिक दलहरुले यसको खण्डन गरेका छन् । नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले हस्ताक्षर गराउन सक्ने र कुनै पनि बेला काम लागेको समयमा प्रयोग गर्न सक्ने बताए। उनले उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उनीमाथि हटाउन प्रस्ताव पेश हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको भएपनि त्यो सही नभएको बताए ।

उनले भने, ‘संसदीय दलले केही काम कुनै पनि बेला पर्नसक्छ, कुनै पनि काम गर्नुपर्ने हुनसक्छ । उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उहाँमाथि हटाउन प्रस्ताव पेश हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको छ । त्यो सही होइन । अहिले केही विधेयकहरु अड्किएर बसेका छन् । त्यसलाई टुंग्याउने बारेमा छलफल हुन्छ ।’

Published Date: 19 August 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली