अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द : Icon Khabar

काठमाडौं, भदौ ०३ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानुन तोडेको र ओभरस्टे गरेको आरोपमा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ।

मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो घटना मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र ‘आतंकवादलाई समर्थन गर्ने’ सँग सम्बन्धित छन्। यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो। जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीमाथि पनि कडाइ गरिएको छ।

यद्यपि विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन। ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने केही विद्यार्थीमाथि पनि कारबाही गरेको छ।

‘६ हजारमध्ये ४ हजार भिसा कानुन तोडेको आरोपमा रद्द गरिएको छ। यसबाहेक आईएनए ३ बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा २०० देखि ३०० भिसा रद्द गरिएको छ,’बीबीसीसँग विदेश मन्त्रालयले भन्यो ।

Published Date: 19 August 2025
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय