रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ

रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ : Icon Khabar

काठमाडौं, भदौ ०३ । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रयास थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा विरोध जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले यसको आलोचना गर्दै सरकारमाथि परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरिरहेको आरोप पनि लगाएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एक जना चेली जो बेचिन बाध्य भइन् । समाजसँगको विभिन्न तहको लडाई लड्दै असहाय बालबालिकालाई आश्रय दिँदै परिवर्तनको लागि सुधारिएको राजनीतिक अभ्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएर उपसभामुखको पदसम्म पुग्न सफल भइन् ।’

उनले अगाडि लेखेका छन्, ‘परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेका ओली र देउवालाई यो समावेशिताको परिवर्तन सह्य भएन । सुन्दैछौं हस्ताक्षर संकलन हुँदैछ । सामाजिक लडाई लड्दै आएकी एक जनजातिको छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् । नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 August 2025
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू