रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी

रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी : Icon Khabar

काठमाडौँ, साउन २६ । रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ।

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा रवि लामिछानेका वकिलले रविलाई थुनामुक्त गर्न माग गरेका थिए।

बहस सकिएसँगै आज आदेश आउँदै छ। उनलाई बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने, नदिनेबारे फैसला हुनेछ। सुप्रिम सहकारी ठगीसँगै उनलाई संगठित अपराध सम्बन्धी कसुर पनि छ।

लामिछानेले सहकारी हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका छन्।

उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2025
Website | + posts