पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो-उपभोक्तामा राहत र चिन्ता दुवै

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो-उपभोक्तामा राहत र चिन्ता दुवै : Icon Khabar

काठमाडौँ, साउन १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। सोमबार साँझ निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल सस्तो भएको छ भने डिजल र मट्टितेलको मूल्य बढेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर १५९ रुपैयाँ कायम गरिएको छ। तर, डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाइएको छ, जसअनुसार अब दुवैको मूल्य प्रतिलिटर १५० रुपैयाँ हुनेछ। यही मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ।

हवाई इन्धनको मूल्य पनि परिवर्तन गरिएको छ। आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १२८ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गरी प्रति किलो लिटर १.०७७ डलर निर्धारण गरिएको छ।

निगमले नयाँ खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ। अहिलेको दरमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको निगमको भनाइ छ, भने डिजल र मट्टितेलमा केही नाफा देखिएको छ। मूल्य निर्धारणमा औसत खरिद मूल्य, भन्सार शुल्क, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार दरलाई प्रमुख आधार बनाइएको हो।

एलपी ग्यासको मूल्य भने यसपटक परिवर्तन गरिएको छैन। एक सिलिन्डर ग्यासको मूल्य पहिलेझैं १८०० रुपैयाँमै स्थिर राखिएको छ।

पेट्रोल सस्तो हुँदा केही उपभोक्ता राहत महसुस गरिरहेका छन्। तर डिजल र मट्टितेल महँगिएपछि दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भन्दै चिन्ता पनि देखिएको छ। नयाँ मूल्य अनुसार देशभरका सबै डिपो र बिक्री केन्द्रबाट इन्धन वितरण गरिनेछ।

Published Date: 01 August 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु