सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, फागुन ४ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला रू एक लाख ३ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा बिक्री भएको थियो।

त्यसैगरी, हिजो प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ रहेको तेजावी सुन आज प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर बिहीबार तोलामा १ हजार २ सय ८५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2023
Website | + posts