नारायणगढ–मुग्लिन सडकखण्डमा थप १५ दिन दिउँसो सवारी आवागमन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा थप १५ दिन दिउँसो सवारी आवागमन बन्द हुने : Icon Khabar

चितवन, फागुन ४ । नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसो सवारी आवागमन बन्द हुने भएको छ । बाटोमा पुल निर्माणका लागि विस्तारको काम गर्न सडकखण्ड बन्द गरिएको हो ।

यसअघि मंसिर २० गतेदेखि ३० दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको थियो भने एक महिनापछि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न थप ३० दिन थपिएको थियो । पहाड काट्ने काम पूरा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय चितवनले थप १५ दिन सडक बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

सडक विस्तारपछि सवारी आवागमन सहज बनाउन २० वटा नयाँ पुलको मर्मतसम्भार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित