नारायणगढ–मुग्लिन सडकखण्डमा थप १५ दिन दिउँसो सवारी आवागमन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा थप १५ दिन दिउँसो सवारी आवागमन बन्द हुने : Icon Khabar

चितवन, फागुन ४ । नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसो सवारी आवागमन बन्द हुने भएको छ । बाटोमा पुल निर्माणका लागि विस्तारको काम गर्न सडकखण्ड बन्द गरिएको हो ।

यसअघि मंसिर २० गतेदेखि ३० दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको थियो भने एक महिनापछि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न थप ३० दिन थपिएको थियो । पहाड काट्ने काम पूरा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय चितवनले थप १५ दिन सडक बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

सडक विस्तारपछि सवारी आवागमन सहज बनाउन २० वटा नयाँ पुलको मर्मतसम्भार भइरहेको छ ।

Published Date: 16 February 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय