सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही : Icon Khabar

काठमाडौं, साउन २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा वायुसेवा कम्पनी, पाइलट र नेपाल नागरिक उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको छ ।

गत २०८१ साउन १ गतेका दिन मर्मतका लागि पोखरा उडेको सौर्यको उक्त जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै सरकारले छानबिन आयोग गठन गरेको थियो । आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनले सरोकारवालाको लापरबाहीका कारण जहाज दुर्घटनामा परेको निष्कर्ष निकालेको हो ।

दुर्घटनाको मुख्य कारण ‘जहाज टेक अफ गर्ने क्रममा अत्यधिक गतिका साथ सिधा माथि उठ्नु’ थियो । त्यसले जहाजलाई ‘डिप स्टल’ मा लगेको र जहाज खसेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदन अनुसार जहाज यसरी अगाडि बढाउँदा गलत ‘स्विचकार्ड’ का आधारमा गतिको समेत गलत गणना भएको देखिन्छ । जहाजको तौल १८ हजार ५ सय किलो थियो । त्यसका लागि बनाइएको स्पिडकार्डमा उडान भर्न आवश्यक ‘भी–स्पीड’ नै गलत उल्लेख भएको थियो ।

स्पिडकार्ड गलत बनेको गल्ती कसैको नजरमा नपर्नु र उक्त स्पिडकार्ड पुस्तिका स्वीकृत समेत नभएको पाइएको छ । वायुसेवा कम्पनीले उडान भर्ने क्रममा देखिएको उच्च पिच रेटका पुराना घटना पहिचान गर्दै त्यसमा सुधार ल्याएको समेत देखिएको छैन । जसले दुर्घटना निम्त्याएको पाइएको छ ।

जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।

यो जहाज पोखरामा सी–चेक (पूर्ण मर्मत) का लागि लैजान लागिएको थियो । जहाज दुर्घटनामा पर्नुभन्दा ३४ दिन अगाडिदेखि ग्राउन्डेड रहेको समेत देखिएको छ । जहाज उडेको एक मिनेट भित्रै दाहिने पखेटा पहिलो पटक जमिनमा ठोक्किएको प्रतिवेदनमा उल्लेख छ ।

जहाजले उडान भर्दा माथि उठ्ने प्रक्रिया (रोटेसन) सुरु गरेलगत्तै जहाजले चाहिने जति उचाइ लिन नसकेको र दाहिनेतिर ढल्किएर पखेटाले सुरुमा भुइँ छोएको देखिन्छ । जहाज जमिनमा ठोक्किएपछि छिन्नभिन्न भएको र आगलागीसँगै जलेको थियो । रोटेसन सुरु भएपछि जहाजले ५ सेकेन्डभित्र जमिनको सतहबाट ५० फिट उचाइ हासिल गरिसकेको देखिन्छ ।

यो ‘फेरी फ्लाइट’ थियो । फेरी फ्लाइट भनेको जहाज मर्मतका लागि उडाएर लाने प्रक्रिया हो । त्यसका लागि आवश्यक योजना, तयारी र सञ्चालनमा प्रचलित अभ्यास पालना गर्न अपरेटरले गम्भीर लापरबाही गरेको समेत प्रतिवेदनमा छ ।

अपरेसन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलका प्रावधान समेत उल्लंघन भएको देखिएको छ । कार्गो र ब्यागेज ह्यान्डलिङ (तौल, लोड, वितरण र व्यवस्थापन) का सबै प्रक्रियामा समेत कम्पनीको लापरबाही देखिएको छ ।

‘सामान राम्रोसँग नबाँधिएको र उडान व्यवस्थापन हतारमा गरिएको समेत देखिएको छ । सामानहरू यात्रुको क्याबिनमा समेत राखिएका थिए । यसमा लुब्रिकेन्ट, कन्ट्याक्ट क्लिनर जस्ता प्रज्वलनशील वस्तु समेत राखिएको थियो,’ आयोग प्रतिवेदनको निष्कर्ष छ, ‘औजार बाकस, खाद्यान सामान समेत राखिएको पाइएको छ । यस्ता सामान कुनै पनि सुरक्षा उपायविना सिट र गल्लीमा जथाभावी राखिएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2025
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो
प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक