नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द

नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द : Icon Khabar
Telegram Logo

काठमाडौँ, साउन ३ । सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ।

शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ समेत यसैमार्फत हुने गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो।

‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ।

Published Date: 19 July 2025


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क