नेता भण्डारीलाई उपचारका लागि भारतकाे मुम्वाइ लगिने प्रक्रिया सुरु

नेता भण्डारीलाई उपचारका लागि भारतकाे मुम्वाइ लगिने प्रक्रिया सुरु : Icon Khabar

काठमाडौँ, फागुन ४ । ग्याँस सिलिन्डर विस्फोट भई घाइते भएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनका आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्वाइ लगिने भएको छ । एयर कार्गोबाट उनलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिए।

बुधवार राती करिब १० बजेतिर ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेता र उनका आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । दुवै जना खतरामुक्त रहेको बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिए ।

डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनका माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । डाक्टर नकर्मीका अनुसार डा. भण्डारीको फोक्सोमा धुवा पसेको छ ।

अस्पतालमै भएका डा. भण्डारीका सहयोगी भुवन भुसालका अनुसार, सांसद भण्डारीको मुख, घाँटी र खुट्टामा जलेको छ । यसै गरी, उनका ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था भने गम्भीर छ ।

Published Date: 16 February 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय