नेता भण्डारीलाई उपचारका लागि भारतकाे मुम्वाइ लगिने प्रक्रिया सुरु

नेता भण्डारीलाई उपचारका लागि भारतकाे मुम्वाइ लगिने प्रक्रिया सुरु : Icon Khabar

काठमाडौँ, फागुन ४ । ग्याँस सिलिन्डर विस्फोट भई घाइते भएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनका आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्वाइ लगिने भएको छ । एयर कार्गोबाट उनलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिए।

बुधवार राती करिब १० बजेतिर ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेता र उनका आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । दुवै जना खतरामुक्त रहेको बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिए ।

डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनका माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । डाक्टर नकर्मीका अनुसार डा. भण्डारीको फोक्सोमा धुवा पसेको छ ।

अस्पतालमै भएका डा. भण्डारीका सहयोगी भुवन भुसालका अनुसार, सांसद भण्डारीको मुख, घाँटी र खुट्टामा जलेको छ । यसै गरी, उनका ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था भने गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित