दाउन्नेमा सडक भासियो, बर्दघाट-दुम्किबास खण्ड पूर्णरुपमा बन्द

दाउन्नेमा सडक भासियो, बर्दघाट-दुम्किबास खण्ड पूर्णरुपमा बन्द : Icon Khabar

नवलपरासी, असार २५ । महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको हो ।

सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए । घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी पठाइएको छ । महेन्द्र राजमार्गको बर्दघाटतर्फको खण्डमा सडक भासिएको हो । त्यहाँ पूर्वपश्चिम हिँडेका सैयौं सवारी साधन रोकिएका छन् ।

Published Date: 09 July 2025


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु