पेड्रोको २ गोलमा चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

पेड्रोको २ गोलमा चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा : Icon Khabar

काठमाडौं, असार २५ । इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ ।

गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-० को जित दर्ता गरेको हो । फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए ।

१८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार गोल भएको थियो । चेल्सीको जर्सीमा पेड्रोले पहिलो पटक सुरुवाती रोजाइमा खेलेका थिए । फरवार्ड लियाम डेलाप दोस्रो पहेंलो कार्डका कारण निलम्बनमा परेसँगै पेड्रोले सुरुवात गर्ने अवसर पाएका थिए ।

उनले दोस्रो हाफको ५६ औं मिनेटमा दोस्रो गोल गरे । एन्जो फर्नान्डेजको पासलाई उनले शक्तिशाली प्रहारमा गोल गरेका थिए । फ्लुमिनेन्सले अन्त्यतिर पाएका अवसर सदुपयोग गर्न नसक्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो ।

बुधबार हुने दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र रियल म्याड्रिड खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।–एजेन्सी

Published Date: 09 July 2025


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु