‘हेरा फेरी’ मा पुन: अभिनेता परेश रावल फर्किने सम्भावना कति ?

‘हेरा फेरी’ मा पुन: अभिनेता परेश रावल फर्किने सम्भावना कति ? : Icon Khabar

मुम्बई, असार ९ । बलिउडको चर्चित कमेडी फ्रेन्चाइज फिल्म ‘हेरा फेरी’ बाट अभिनेता परेश रावलको बाहिरिएको खबरले फिल्म उद्योग र प्रशंसकहरूलाई स्तब्ध बनाएको छ । हालै अभिनेता अक्षय कुमारले यसबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् र परिस्थितिलाई लिएर आशावादी धारणा व्यक्त गरेका छन् ।

पछिल्लो महिनामा परेश रावलले आधिकारिक रूपमा ‘हेरा फेरी–३’ मा नखेल्ने घोषणा गरेपछि यो विषय विवादको केन्द्रबिन्दुमा आएको हो । निर्देशक प्रियदर्शनसँगको रचनात्मक मतभेदका कारण रावलले फिल्म छाड्ने निर्णय गरेको सुरुवाती रिपोर्टहरूमा भनिएको थियो तर पछि दुबै पक्षले त्यो दावी अस्वीकार गरे ।

परेश रावलको ‘बाबुराव’ पात्र ‘हेरा फेरी’ फ्रेन्चाइजको प्राण मानिन्छ । त्यसैले, उनको अनुपस्थितिमा फिल्मको प्रभाव र आत्मा हराउने डर धेरै दर्शकहरूमा देखिएको छ । निर्माता, निर्देशक र सह–कलाकारहरू पनि यो खबरपछि स्तब्ध बनेका थिए ।

हालै भारतीय मिडियासँगको अन्तर्वार्तामा अक्षय कुमारले यो विषयमा बोलेका छन् । उनले भनेका छन्– ‘जे हुँदैछ, त्यो तपाईंको सामु छ। मैले औंलाहरू क्रस गरेर राखेको छु । मलाई आशा छ सबै कुरा ठीक हुनेछ र त्यो निश्चित रूपमा हुनेछ ।’

उनको यो अभिव्यक्तिले दर्शकहरूमा फेरि एक पटक आशाको किरण देखाएको छ, शायद फिल्म टिमबीचको दूरी मेटिएला र बाबुराव फेरि पर्दामा फर्किने छन् ।

Published Date: 23 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी