‘हेरा फेरी’ मा पुन: अभिनेता परेश रावल फर्किने सम्भावना कति ?

‘हेरा फेरी’ मा पुन: अभिनेता परेश रावल फर्किने सम्भावना कति ? : Icon Khabar

मुम्बई, असार ९ । बलिउडको चर्चित कमेडी फ्रेन्चाइज फिल्म ‘हेरा फेरी’ बाट अभिनेता परेश रावलको बाहिरिएको खबरले फिल्म उद्योग र प्रशंसकहरूलाई स्तब्ध बनाएको छ । हालै अभिनेता अक्षय कुमारले यसबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् र परिस्थितिलाई लिएर आशावादी धारणा व्यक्त गरेका छन् ।

पछिल्लो महिनामा परेश रावलले आधिकारिक रूपमा ‘हेरा फेरी–३’ मा नखेल्ने घोषणा गरेपछि यो विषय विवादको केन्द्रबिन्दुमा आएको हो । निर्देशक प्रियदर्शनसँगको रचनात्मक मतभेदका कारण रावलले फिल्म छाड्ने निर्णय गरेको सुरुवाती रिपोर्टहरूमा भनिएको थियो तर पछि दुबै पक्षले त्यो दावी अस्वीकार गरे ।

परेश रावलको ‘बाबुराव’ पात्र ‘हेरा फेरी’ फ्रेन्चाइजको प्राण मानिन्छ । त्यसैले, उनको अनुपस्थितिमा फिल्मको प्रभाव र आत्मा हराउने डर धेरै दर्शकहरूमा देखिएको छ । निर्माता, निर्देशक र सह–कलाकारहरू पनि यो खबरपछि स्तब्ध बनेका थिए ।

हालै भारतीय मिडियासँगको अन्तर्वार्तामा अक्षय कुमारले यो विषयमा बोलेका छन् । उनले भनेका छन्– ‘जे हुँदैछ, त्यो तपाईंको सामु छ। मैले औंलाहरू क्रस गरेर राखेको छु । मलाई आशा छ सबै कुरा ठीक हुनेछ र त्यो निश्चित रूपमा हुनेछ ।’

उनको यो अभिव्यक्तिले दर्शकहरूमा फेरि एक पटक आशाको किरण देखाएको छ, शायद फिल्म टिमबीचको दूरी मेटिएला र बाबुराव फेरि पर्दामा फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)