टीकाभैरव – हेटौंडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो, यात्रा निकै जोखिमपूर्ण

टीकाभैरव – हेटौंडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो, यात्रा निकै जोखिमपूर्ण : Icon Khabar

काठमाडौँ, असार ९ । टिकाभैरव देखि भिमफेदी (बागमती पुलसम्म) का विभिन्न ठाँउमा पहिरो झरेको कारण सवारी साधनहरु फसिरहेका छन् ।

पानी परेको विभिन्न स्थानमा रातिको समयमा हुस्सु लाग्ने हुँदा यात्रा गर्दा बाटो नदेखिने समस्या सिर्जना भएको हो। भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म विभिन्न ठाँउमा सुख्खा पहिरो झरिरहेको र बाटो निर्माण भइरहेको कारण आवतजावत गर्दा कठिन भएको हो।

छपेली देखि मकवानपुर आवतजावत गर्दा बाटोमा पेट्रोल पम्प र ग्यारेजको समस्या देखिएको छ । अहिले पछिल्लो समय सिन्धुलीको बाटोमा रोशी खोलाको कारण बर्षामा टाइम लागु भएर सवारी साधान राती ६ बजे देखि बिहान ५:३० बजे सम्म चलाउन नपाउने भएपछि बैकल्पिक बाटोको रुपमा कान्ति लोक पथ (टिकाभैरव – हेटौंडा) को बाटो प्रयोग गरिरहेका छन् ।

Published Date: 23 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग