राजधानी जोड्ने विकल्प बन्दै धार्के–सीतापाइला सडक

राजधानी जोड्ने विकल्प बन्दै धार्के–सीतापाइला सडक : Icon Khabar

धार्के (धादिङ), जेठ २३ । मुलुकका अन्य भू–भागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौँतर्फको कालोपत्र सम्पन्न भएको छ ।

यसअघि नै यस सडकखण्डको ट्र्याक खोल्नुका साथै दुवैतिर सडक विस्तार गर्ने, चौडा गर्ने तथा ढुङ्गाको पर्खाल लगाउने, कल्भर्टसहित आवश्यक पूर्वाधार तयार भइसकेको छ । यो सडकखण्ड निर्माणका लागि काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयमार्फत र धादिङतर्फको काम नुवाकोट सडक डिभिजन कार्यालयमार्फत भइरहेको छ ।

यो सडकखण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ) देखि रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुग्ने छ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडकखण्डको चौडाइ १२ मिटर हुने डिभिजन कार्यालयले जनाएको छ । यो सडकखण्ड दुई लेनको निर्माण हुँदै छ ।

सीतापाइला (चक्रपथ) देखि ठुलोखोला भन्ने ठाउँसम्म कुल दस किलोमिटर काठमाडौँ सडक डिभिजन कार्यालयको मातहतमा र ठुलोखोलादेखि धार्केसम्मको १४ किलोमिटरको निर्माण कार्य नुवाकोट सडक डिभिजन कार्यालय मातहत भइरहेको छ । नागार्जुन/सिएम/जय बाबा भन्ने निर्माण कम्पनीले यो सडकखण्ड निर्माणको जिम्मेवारी पाएको छ ।

२४ किमीको विकल्पमा २४ किमी नै धार्केदेखि कलङ्कीसम्मको दुरी २४ किलोमिटर छ भने त्यसै गरी धार्केदेखि सीतापाइलासम्मको दुरी पनि २४ किलोमिटर नै छ । यो सडक दुई लेनको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौँ आउन दुई वटा विकल्प तयार हुने छ ।

यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन कुवेत सरकारले तयार पारेको थियो । कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको सवारी चापलाई घटाउन २०४५ सालमा नै यो सडक निर्माणको अवधारणा ल्याइएको थियो । सरकारले सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दुरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ ।

Published Date: 06 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी