आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालनमा

आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालनमा : Icon Khabar

काठमाडौँ, जेठ २० । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मंगलबार पनि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ।

यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरी र सशस्त्र प्रहरी बलले सोमबार नि:शुल्क बस सेवा सञ्चालन गरेको थियो।

उक्त सेवालाई मंगलबार पनि निरन्तरता दिएको हो। नेपाल प्रहरीले दुई वटा र सशस्त्र प्रहरीले दुई वटा बस चलाएको हो।

नेपाल प्रहरीले दुई वटा छुट्टाछुट्टै रूट बनाएको छ। पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति भएको थियो। सोमबार अबेर रातिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा छ बुँदे सहमति जुटेको हो।

सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको छ।

तर गण्डकी प्रदेश सरकारले यसमा सहमति जनाएपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने बताएका छन्।

Published Date: 03 June 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता