सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो

सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो : Icon Khabar

काठमाडौँ, जेठ २० । घरेलु बजारमा सुनको मूल्य पुनः १ लाख ९० हजार पार पुगेको छ । आज प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दै सुनको भाउले १ लाख ९० हजारको आँकडा पार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।

अघिल्लो दिनपनि सुनको मूल्यमा १ हजार रुपैयाँको बढोत्तरी आएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।

आज चाँदीको पनि बढेको छ । चाँदी आज ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 03 June 2025
Website | + posts




















ताजा
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा