भक्तपुर, जेठ १६ । कमलविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड युवा तथा खेलकुद समितिकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयाे ।
सहकारी शेयर सदस्य एवं स्थानिय बासिन्दाकाे उपस्थितिमा १४ जना महिला तथा ४६ जना पुरुष गरी जम्मा ६० जना सहभागी भएकाे थियाे ।रक्तदान जिवन दान हाे भन्ने मुल नारा साथ कमलविनायक बसपार्कमा बिहान ७ बजे देखि ११ बजे सम्म संचालन भएकाे थियाे ।
नेपाल रेड्क्रस साेसाईटी भक्तपुर जिल्ला समितिकाे प्राविधिक सहयाेगमा भक्तपुर नगरपालिकाकाे अनुमतिमा उक्त कार्यक्रम संचालन भएकाे आयाेजक समितिका संयाेजक विश्वराम मगजुले जानकारी दिए।