“भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८२ ” आज अपरान्हको ४ बजे हुँदै

“भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८२ ” आज अपरान्हको ४ बजे हुँदै : Icon Khabar

भक्तपुर, जेठ १८ । संगीत ग्राम गुरूकूल नेपाल प्रोजेक्ट ‘सुरिलो भक्तपुर’ भक्तपुरको प्रस्तुति “भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८२ ” आज आइतबारको दिन हुने भएको छ।

आज सिथि नखा: पर्वको दिन सो सांगीतिक कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा अवस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा अपरान्हको ४ बजे हुन लागेको हो। कार्यक्रममा भक्तपुरका विभिन्न कलाकार, वाद्य वादक, गायक गायिकाहरुद्वारा प्रस्तुति दिइने छ।

संगीत ग्राम गुरूकूल नेपालले सांस्कृतिक संगीत, मौलिक संगीत, लोक संगीत, फ्युजन संगीत, शास्त्रीय संगीत तथा नयाँ युवा पुस्ताका मौलिक गीत संगीत सम्वर्द्वन, प्रवर्द्वन र प्रदर्शन गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा आइकन खबर डटकम अनलाइन मिडिया पार्टनरको रूपमा रहेको छ। उक्त कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने संगीत ग्राम गुरूकूल नेपालका अध्यक्ष सुनिल लोहलाले आइकन खबरलाई जनाकारी दिए।

Published Date: 01 June 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु