दुई दिनमा सुनको भाउ तोलामा तीन हजार एक सय रूपैयाँले घट्यो

दुई दिनमा सुनको भाउ तोलामा तीन हजार एक सय रूपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १५ । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

यो दुई दिनमा सुनको भाउ तोलामा तीन हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।बुधबार चाँदी प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Published Date: 29 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग