नेपाल र स्कटल्याण्ड ‘ए’ खेल्दै

नेपाल र स्कटल्याण्ड ‘ए’ खेल्दै : Icon Khabar

काठमाडौं, जेठ १५ । विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ ।

विश्वकप लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा तयारी गरेको थियो । युकेमा तयारीका क्रममा स्थानिय टोलीसँग खेलेको ५ अभ्यास खेलमा नेपालले शतप्रतिशत नतिजा हात पारेको थियो ।

लिग टुको अन्तिम तयारीमा रहेको नेपालले स्कटल्याण्ड ‘ए’ सँग २ अभ्यास खेल खेल्नेछ । दोस्रो अभ्यास खेल जेठ १७(मे ३१) गते शनिबार रहेको छ ।

लिग टु का चौथो राउण्डमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्दैछ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । यस सिरिजका क्रममा हरेक टोलीले हरेकसँग ३ खेल खेल्नेछ ।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँने छन् । नेपाल १२ खेलमा ६ अंकका साथ लिगको पुछारमा रहेको छ । चौथो राउण्डमा नेपालसँग खेल्ने स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो स्थानमा छ । नेदरल्याण्ड्स भने २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ ।

लिग टुको चौथो राउण्डमा नेपालको खेल तालिका यसप्रकार छ :

१) जेठ १९(जुन २) गते सोमबार स्कटल्याण्डविरुद्ध
२) जेठ २१(जुन ४) गते बुधबार नेदरल्याण्ड्सविरुद्ध
३) जेठ २५(जुन ८) गते आईतबार स्कटल्याण्डविरुद्ध
४) जेठ २७(जुन १०) गते मंगलबार नेदरल्याण्ड्सविरुद्ध

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतबारबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

स्कटल्याण्ड ए टोली

क्रिस म्याकब्राइड(कप्तान), उजैर अहमद, लयड ब्राउन, चार्ली क्यासल, ओली डेभिडसन, जेम्स डिकिन्सन, जेमी डंक, ओवेन गाउल्ड, जैनुल्लाह इहसान, म्याकेन्जी जोन्स, गेभिन मेन, लियम नेलर, एड्रियन नील, लुइस ओ’डोनेल

Published Date: 29 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग