कोलकातामाथि हैदराबादको फराकिलो जित

कोलकातामाथि हैदराबादको फराकिलो जित : Icon Khabar

काठमाडौँ, जेठ १२ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्समाथि फराकिलो जित दर्ता गरेको छ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा आइतवारको दोस्रो खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो ।

२ सय ७९ रनको फराकिलो लक्ष्य पछ्याएको कोलकाता १८.४ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । कोलकाता मनिष पाण्डेले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन जोडे । हर्षित राना २१ बलमा २ चौका र ३ छक्कको सहयोगमा ३४ रनमा आउट भए ।

सुनिल नारायण ३१, कप्तान अजिक्या राहाणे १५ तथा रमणदिप सिंह १३ रनमा आउट भए । हैदराबादका हर्ष दुवे, इशान मालिगा र जयदेव उनाद्कडले समान ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

हैदराबादका हेनरिक क्लासनले शतक बनाए । ३९ बलमा ७ चौका र ९ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।

ओपनर ट्राभिस हेडले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७६ रनको अर्धशतक बनाए । अर्का ओपनर अभिषेक शर्मा १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भए । इशान किशन २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रनमा आउट भए ।

कोलकाताका सुनिल नारायणले २ तथा वैभव अरोराले १ विकेट लिए । हैदराबादले फराकिलो जितका साथ सिजनको अन्त्य गरेको छ ।–एजेन्सी

Published Date: 26 May 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै