कोलकातामाथि हैदराबादको फराकिलो जित

कोलकातामाथि हैदराबादको फराकिलो जित : Icon Khabar

काठमाडौँ, जेठ १२ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्समाथि फराकिलो जित दर्ता गरेको छ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा आइतवारको दोस्रो खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो ।

२ सय ७९ रनको फराकिलो लक्ष्य पछ्याएको कोलकाता १८.४ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । कोलकाता मनिष पाण्डेले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन जोडे । हर्षित राना २१ बलमा २ चौका र ३ छक्कको सहयोगमा ३४ रनमा आउट भए ।

सुनिल नारायण ३१, कप्तान अजिक्या राहाणे १५ तथा रमणदिप सिंह १३ रनमा आउट भए । हैदराबादका हर्ष दुवे, इशान मालिगा र जयदेव उनाद्कडले समान ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

हैदराबादका हेनरिक क्लासनले शतक बनाए । ३९ बलमा ७ चौका र ९ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।

ओपनर ट्राभिस हेडले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७६ रनको अर्धशतक बनाए । अर्का ओपनर अभिषेक शर्मा १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भए । इशान किशन २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रनमा आउट भए ।

कोलकाताका सुनिल नारायणले २ तथा वैभव अरोराले १ विकेट लिए । हैदराबादले फराकिलो जितका साथ सिजनको अन्त्य गरेको छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2025
Website | + posts


ताजा
तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन
आज बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू