भक्तपुरलाई धरान जस्तो बनाउने सोचेको थिएँं : विजुक्छें

भक्तपुरलाई धरान जस्तो बनाउने सोचेको थिएँं : विजुक्छें : Icon Khabar

धरान, वैशाख २९ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं साहित्यकार नारायणमान बिजुक्छेँले धरानका अनाम नाट्य रङ्गमञ्चका पदाधिकारीहरुसँग आइतबार भेटघाट गरे ।

भेटघाट कार्यक्रमा अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको विकासक्रमको सिलसिलमा संस्कृतिको विकास हुँदै जाँदा समाजमा नयाँनयाँ कुराको खोज अनुसन्धान हुने भएकोले संसारमा मानव बस्तीको विकाससँगै नाटकको पनि विकास भएको बताए ।

उनले काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँमा डबुहरुको निर्माण भएको बताउदै समाजको राम्रोकुरा अगाडि बढाउन र जनतालाई सरल ढङ्गबाट सिकोस् भन्ने हिसाबले नाटक मञ्चन गरेको हो, भने । उनले भने, २०२२ सालमा पहिलो पटक धरान आउँदा नै धरानलाई हिन्दुस्तानको केरलाको जस्तै कम्युनिस्टको बहुुसंख्यक रहेको सहर थियो । त्यसबेला भक्तपुरलाई पनि धरान सहर जस्तो बनाउने सोचेको उनले स्मरण गरे ।

अध्यक्ष बिजुक्छेँले पञ्चायतको बेला आर्थिक स्थिति कमजोरका कारण नाट्यशाला एकदमै कम रहेको अवस्थामा पनि वर्ग परिचय बोकेको र जनताको दुख, समस्या देखाउने विषयबस्तुको नाटक मञ्चन हुने बताए । उनले भाषा, कला, संस्कृति र साहित्यको विकास र संरक्षणका लागि स्थानिय निकायले पहल गर्नुपर्ने बताउँदै स्थानिय निकायलाई अधिकार सम्पन्न बनाएको खण्डमा प्रदेशको आवश्यकता नपर्ने बताए ।

उनले भाषाको विकास हुन हजारौं वर्ष लाग्ने भएकोले भाषा आफैमा हाम्रो ठूलो सम्पत्ति हो भन्दै त्यसका लागि कम्तीमा हरेक प्रदेशमा प्रदेशस्तरीय भाषा, साहित्य, कला र साहित्यको एकेडेमी स्थापना गर्नुपर्ने औल्याए । उनले आनम नाट्य रङ्गमञ्चले मञ्चन गरेका नाटकहरुको लिपीबद्ध गर्नुपर्ने बताउँदै संसारको जुन नगरमा नाट्यशाला हुँदैन त्यस सहरको नहर्ने भने । कार्यक्रममा अनाम नाट्य रङ्गमञ्चका अध्यक्ष विजय सुब्बाले स्वागत गरे भने सुरेन्द्र राज भुजेल, विनोद श्रेष्ठ, बादल भट्टराई, शारदा शाक्य र सुनिल शाक्यले पनि बोलेका थिए ।

Published Date: 12 May 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु