भक्तपुरलाई धरान जस्तो बनाउने सोचेको थिएँं : विजुक्छें

भक्तपुरलाई धरान जस्तो बनाउने सोचेको थिएँं : विजुक्छें : Icon Khabar

धरान, वैशाख २९ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं साहित्यकार नारायणमान बिजुक्छेँले धरानका अनाम नाट्य रङ्गमञ्चका पदाधिकारीहरुसँग आइतबार भेटघाट गरे ।

भेटघाट कार्यक्रमा अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको विकासक्रमको सिलसिलमा संस्कृतिको विकास हुँदै जाँदा समाजमा नयाँनयाँ कुराको खोज अनुसन्धान हुने भएकोले संसारमा मानव बस्तीको विकाससँगै नाटकको पनि विकास भएको बताए ।

उनले काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँमा डबुहरुको निर्माण भएको बताउदै समाजको राम्रोकुरा अगाडि बढाउन र जनतालाई सरल ढङ्गबाट सिकोस् भन्ने हिसाबले नाटक मञ्चन गरेको हो, भने । उनले भने, २०२२ सालमा पहिलो पटक धरान आउँदा नै धरानलाई हिन्दुस्तानको केरलाको जस्तै कम्युनिस्टको बहुुसंख्यक रहेको सहर थियो । त्यसबेला भक्तपुरलाई पनि धरान सहर जस्तो बनाउने सोचेको उनले स्मरण गरे ।

अध्यक्ष बिजुक्छेँले पञ्चायतको बेला आर्थिक स्थिति कमजोरका कारण नाट्यशाला एकदमै कम रहेको अवस्थामा पनि वर्ग परिचय बोकेको र जनताको दुख, समस्या देखाउने विषयबस्तुको नाटक मञ्चन हुने बताए । उनले भाषा, कला, संस्कृति र साहित्यको विकास र संरक्षणका लागि स्थानिय निकायले पहल गर्नुपर्ने बताउँदै स्थानिय निकायलाई अधिकार सम्पन्न बनाएको खण्डमा प्रदेशको आवश्यकता नपर्ने बताए ।

उनले भाषाको विकास हुन हजारौं वर्ष लाग्ने भएकोले भाषा आफैमा हाम्रो ठूलो सम्पत्ति हो भन्दै त्यसका लागि कम्तीमा हरेक प्रदेशमा प्रदेशस्तरीय भाषा, साहित्य, कला र साहित्यको एकेडेमी स्थापना गर्नुपर्ने औल्याए । उनले आनम नाट्य रङ्गमञ्चले मञ्चन गरेका नाटकहरुको लिपीबद्ध गर्नुपर्ने बताउँदै संसारको जुन नगरमा नाट्यशाला हुँदैन त्यस सहरको नहर्ने भने । कार्यक्रममा अनाम नाट्य रङ्गमञ्चका अध्यक्ष विजय सुब्बाले स्वागत गरे भने सुरेन्द्र राज भुजेल, विनोद श्रेष्ठ, बादल भट्टराई, शारदा शाक्य र सुनिल शाक्यले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2025
Website | + posts