बिल गेट्ससँग विनोद चौधरीको भेटवार्ता

बिल गेट्ससँग विनोद चौधरीको भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख २३ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित ‘फिलान्थ्रपी एसिया एलायन्स-२०२५ (पीएए-२०२५)’ को अवसरमा मंगलबार माइक्रोसफ्टका सह संस्थापक बिल गेट्ससँग भेट गरेका छन् । भेटका क्रममा दुवैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरुबारे गम्भीर छलफल भएको छ ।

उक्त भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलीयो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे । उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौंदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

सांसद चौधरीले सोसियल मिडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरुमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरु नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2025
Website | + posts




ताजा
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ
स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण