भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न

भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख २४ । गत वैशाख २० गते साँझ ६:३० बजे देखि करिब ९ः४५ बजेसम्म भक्तपुरमा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको आवाज गुञ्जियो। ५ दशक भन्दा बढि लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अतुलनिय योगदान दिदै आएका गायक श्रेष्ठले पहिलो पटक सांस्कृतिक एवं ऐतिहासिक जिल्ला भक्तपुरमा आफ्नो कालजयी आवाजले गुन्जायमान गरे।

भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको सो कार्यक्रमलाई सूर्यविनायक नगरपालिकाले समन्वय गरेको हो। सो समारोहमा गायक श्रेष्ठले निरन्तर रुपमा २३ देखि २५ वटा गीत गाएका थिए। भक्तपुरमा आफ्नो सांगीतिक कार्यक्रम भएकाले उनले आफुले गाएका नेपाल भाषाको गीत चुलबुल चन्चला भने गाउन बिर्सेनन्।

वरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रमको दौरानमा भने, “धेरै बर्ष पछि यति राम्रो गाउन पाएँ, भक्तपुरको श्रोता साह्रै भलादमी रहेछ। मलाई त धेरै खुशी लाग्यो।”

ट्रयाकमा गाएर, अझ कतिपय युवा कलाकारहरुले त दर्शकलाई झुक्याएर लिप्सिङ्ग मात्र गरेर पनि “मनोरञ्जन” दिने जमानामा दीप श्रेष्ठको यो उमेरमा लाइभ म्युजिकल प्रस्तुति आफैमा एउटा अद्भुत उदाहरण बनेको त थियो नै, श्रोताहरुको खुशी उत्साह र वान्स मोरको बुलन्दीले पनि उनको गाएकी को स्तर कति उच्च थियो भन्ने प्रमाण पेश गर्न जरुरीनै भएन।

कार्यक्रममा सयौं संगीत प्रेमी व्यक्तित्वहरुको उपस्थिति थियो। वरिष्ठ गीतकार राजेन्द्र थापा, सुवास चन्द्र ढुंगेल, वरिष्ठ संगीतकार दीपक जंगम, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिम्सिना भट्टराई लगायतका व्यक्तित्वहरुको उपस्थितिले सो समारोहको गरिमा बढेको हो। भक्तपुरमा पनि यस्तो ऐतिहासिक कार्यक्रम हुन सक्छ भन्ने आभास यस कार्यक्रमले गराएको पनि छ। भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्य र भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठका अनुसार यो समारोहको सफलताले भक्तपुर जिल्लाले सांगीतिक कार्यक्रम यस्तो तरिकाको हुनुपर्छ भन्ने बेन्चमार्क बनाएको जनाकारी दिए।

गायक श्रेष्ठले आफ्नो आआफ्नो जीवनका लोकप्रिय गीतहरु म पत्थरको देवाता होइन, कति कमजोर रहेछ भाग्य, म त दूर देखि आए, बितेका कुराले , झिरमा उनिनु लगायतका गीतहरु प्रत्यक्ष प्रस्तुत गरी दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए।

Published Date: 06 May 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता