विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्नु: काठमाडौं महानगर

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्नु: काठमाडौं महानगर : Icon Khabar

काठमाडौँ, वैशाख २२ । काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्न भनेको छ।

सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै महानगरको शिक्षा विभागले नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई दण्डित गर्न वा जरिवाना गर्न तत्काल बन्द गर्न निर्देशन दिएको हो।

‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भागामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,’ उक्त पत्रमा भनिएको छ।

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गरेको भन्दै महानगरमा गुनासो आएको थियो। उक्त गुनासो आएपछि विभागले पत्राचार गरेको हो।

Published Date: 05 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग