विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्नु: काठमाडौं महानगर

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्नु: काठमाडौं महानगर : Icon Khabar

काठमाडौँ, वैशाख २२ । काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्न भनेको छ।

सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै महानगरको शिक्षा विभागले नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई दण्डित गर्न वा जरिवाना गर्न तत्काल बन्द गर्न निर्देशन दिएको हो।

‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भागामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,’ उक्त पत्रमा भनिएको छ।

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गरेको भन्दै महानगरमा गुनासो आएको थियो। उक्त गुनासो आएपछि विभागले पत्राचार गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)