अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु

अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख १६ । सोलुखुम्बुस्थित अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा ज्यान गएको हो । उनी ६४ वर्षका थिए ।

उनले वसन्त ऋतुमा अमादब्लम आरोहण गर्न २५ चैत २०८१ मा विभागबाट अनुमति लिएका थिए । १३ वैशाखमा सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए । सोही दिन उनलाई अमादब्लम हिमालको फेदमा मृत अवस्थामा फेला पारिएको थियो ।

त्यसपछि विभागले उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको थियो ।

हिमाल आरोहण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2025
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने