अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु

अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख १६ । सोलुखुम्बुस्थित अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा ज्यान गएको हो । उनी ६४ वर्षका थिए ।

उनले वसन्त ऋतुमा अमादब्लम आरोहण गर्न २५ चैत २०८१ मा विभागबाट अनुमति लिएका थिए । १३ वैशाखमा सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए । सोही दिन उनलाई अमादब्लम हिमालको फेदमा मृत अवस्थामा फेला पारिएको थियो ।

त्यसपछि विभागले उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको थियो ।

हिमाल आरोहण

Published Date: 29 April 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग