कोलकाताको चौथो जित

कोलकाताको चौथो जित : Icon Khabar

काठमाडौं, वैशाख १७ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ।

जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो। फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे।

कप्तान अक्षर पटेलले ४३ रनको योगदान दिए। विपराज निगमले ३८ रन र करूण नायरले १५ रन बनाए। यी चार बाहेक अन्यले दोहोरो रन छुन सकेनन्।

बलिङमा सुनिल नराइनले ४ ओभरमा २९ रन दिंदै ३ विकेट लिए। वरूण चक्रवर्तीले २ विकेट झारे।

त्यसअघि अरूण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो।

कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह गुर्बाज १२ बलमा २६ रनमा आउट भए। अर्का ओपनर सुनिल २७ रनमा र कप्तान अजिन्के राहने २६ रन जोडेर अक्सर पटेलकको बलमा एलबिडब्लु धरापमा परे।

लगत्तै ७ रन बनाएका वेंन्कटेश अयर पनि ७ रनमा अक्षर कै बलमा आउट हुन पुगे। अंगक्रिश रघुवंशीले ३२ बल खेल्दै ३ चौका र २ छक्का सहित ४४ रनको पारी खेले। यस्तै रिन्कु सिंहले ३६ रन र आन्द्रे रसलले १७ रन जोडे।

बलिङमा मिचेल स्टार्सले ३ विकेट लिए। अन्तिम ओभरमा ह्याट्रिक विकेटबाट चुके। उनले २० औं ओभरको तेस्रो बलमा ५ रन बनाएका रोभम्यान पोवेलकाई एलबिडब्लु धरापमा पारे।

चौथो बलमा आन्द्रे रसल १७ रनमा रनमा रन आउट भए। विपराज निगम र अक्षरले समान २ विकेट लिए।

कोलकाताको यो दशौं खेलमा चौथो जित हो। उसले ९ अंक बनाएको छ। कोलकाता सातौं स्थानमा कायमै रहेको छ।

दिल्लीको यो चार खेलमा तेस्रो हार हो। चौथो हार बेहोरेको दिल्लीसँग १२ अंक रहेको छ। दिल्ली चौथौ स्थानमा छ।–एजेन्सी

Published Date: 30 April 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी