सुन हालसम्मकै महँगो, तोलाको कति पुग्यो ?

सुन हालसम्मकै महँगो, तोलाको कति पुग्यो ? : Icon Khabar

काठमाडौं, चैत २८ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज (बिहीबार) सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको हो । बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । त्यसपछि क्रमश घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2025
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित