प्रधानमन्त्रीले आज कुलमान घिसिङको बर्खास्तीबारे संसदमा जवाफ दिने

प्रधानमन्त्रीले आज कुलमान घिसिङको बर्खास्तीबारे संसदमा जवाफ दिने : Icon Khabar

काठमाडौं, चैत १८ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एक सातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका विषयमा प्रधानमन्त्रीले संसद्मै जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरिरहेका छन् । सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ । राम्रो काम गरिरहेका उनलाई पूरा कार्यकाल रहन दिनुपर्ने माग विपक्षीको छ ।

कुलमानले पनि आफ्नो पुर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा हालेका छन् । अदालतले उनको रिट निवेदन सुनुवाइ गर्ने मंगलबारका लागि पेसी तोकेको छ । यसअघि आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तोकिए पनि हेर्न नमिल्ने जानकारी गराइएको थियो।

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्व साझेदार भएको कारण कुलमानको रिट ‘हेर्न नमिल्ने’ मा परेको हो । शाक्यको रिट पनि सोही इजलासमा परेको थियो । त्यसैले उक्त रिटमा पनि मंगलबार नै सुनुवाइ हुनेछ । शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गरिनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2025
Website | + posts






ताजा
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान
कुलिङ पिरियड हेरफेरसम्बन्धी छानबिन गरिने सभामुख घिमिरेको प्रतिबद्धता
हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त
पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि


ट्रेन्डिङ
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न