सिटी एफए कपको सेमिफाइनलमा

सिटी एफए कपको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, चैत १८ । म्यानचेस्टर सिटीले उपाधिसहित सिजनको समाप्ती गर्ने सम्भावना कायमै राखेको छ। एफए कप क्वाटरफाइनलमा आइतवार पुनरागमनका‌ साथ बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको छ।

एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्‍यो।

इभानिल्सनले २१ औं मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका हालान्डले ४९औं मिनेटमा बराबरी गोल गरे । तर १२ मिनेटपछि बायाँ खुट्टाको घुँडाको चोटका कारण उने मैदान छोडे।

हालान्डको ठाउँ लिएका ओमार मारमौशले मैदान प्रवेश गरेको दुई मिनेटमै निर्णायक गोल गर्दै सिटीलाई लगातार सातौं पटक एफए कपको सेमिफाइनलमा पुर्‍याए।

सिटी यो सिजन च्याम्पियन्स लिगबाट बाहिरि सकेको छ। प्रिमियर लिगको पाँचौं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंकले पछि छ।

एफए कप जित्दै क्लबले उपाधिसहित सिजनको अन्त्य गर्न सक्छ ।‌ यो प्रशिक्षक पेप गोर्डिओलाको कार्यकालमा तेस्रो तथा क्लबको समग्रमा आठौं एफए कप उपाधि हुन सक्छ।–एजेन्सी

Published Date: 31 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड