आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढ्यो

आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १७ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार बनाएको रेकर्डलाई तोड्दै, सुनको मूल्यले यस दिन पुनः नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। गत शुक्रबार तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Published Date: 30 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर