एमबाप्पेको गोलमा रियलको‌ जित

एमबाप्पेको गोलमा रियलको‌ जित : Icon Khabar

काठमाडौँ, चैत १७ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रेलिगेसबाट जोगिन संघर्षरत लेगानेसमाथि शनिवार कठिन जित हासिल गरेको छ ।

किलियन एम्बाप्पेले निर्णायक सहित ३ गोल गरेपछि रियलले लेगानेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा रियलको लागि अर्को गोल जुड बेलिङ्घमले गरे । लेगानेसका डिएगो गार्सिया र दानी राबाले गोल गरे ।

खेलको ३२औं मिनेटमा एमबाप्पेको पेनाल्टीमा रियलले अग्रता लियो । त्यसको २ मिनेटमा नै गार्सियाले बराबरी गोल फर्काए ।

४१औं मिनेटमा राबाले गोल गर्दै लेगानेसलाई अग्रता लियो । ४७औं मिनेटमा बेलिङ्घमले बराबरी गोल फर्काए । ७६औं मिनेटमा एमबाप्पेले गरेको अर्को गोल निर्णायक बन्यो।

तालिकाको दोस्रो स्थानमा रहेको रियल र शीर्ष स्थानको बार्सिलोनाको समान ६३ अंक छ । रियलले एक खेल बढी खेलेको छ। लेगानेस तालिकामा पुछारबाट तेस्रोमा छ।

अन्य खेलमा रायो भालोकानोले अल्भासलाई २-० ले, रियल सोसिडाडले भालाडिलोमाथि २-१ ले हरायो । इस्पानियल र एथलेटिको मड्रिड १-१ को बराबरीमा रोकिए । –एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2025
Website | + posts