एमबाप्पेको गोलमा रियलको‌ जित

एमबाप्पेको गोलमा रियलको‌ जित : Icon Khabar

काठमाडौँ, चैत १७ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रेलिगेसबाट जोगिन संघर्षरत लेगानेसमाथि शनिवार कठिन जित हासिल गरेको छ ।

किलियन एम्बाप्पेले निर्णायक सहित ३ गोल गरेपछि रियलले लेगानेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा रियलको लागि अर्को गोल जुड बेलिङ्घमले गरे । लेगानेसका डिएगो गार्सिया र दानी राबाले गोल गरे ।

खेलको ३२औं मिनेटमा एमबाप्पेको पेनाल्टीमा रियलले अग्रता लियो । त्यसको २ मिनेटमा नै गार्सियाले बराबरी गोल फर्काए ।

४१औं मिनेटमा राबाले गोल गर्दै लेगानेसलाई अग्रता लियो । ४७औं मिनेटमा बेलिङ्घमले बराबरी गोल फर्काए । ७६औं मिनेटमा एमबाप्पेले गरेको अर्को गोल निर्णायक बन्यो।

तालिकाको दोस्रो स्थानमा रहेको रियल र शीर्ष स्थानको बार्सिलोनाको समान ६३ अंक छ । रियलले एक खेल बढी खेलेको छ। लेगानेस तालिकामा पुछारबाट तेस्रोमा छ।

अन्य खेलमा रायो भालोकानोले अल्भासलाई २-० ले, रियल सोसिडाडले भालाडिलोमाथि २-१ ले हरायो । इस्पानियल र एथलेटिको मड्रिड १-१ को बराबरीमा रोकिए । –एजेन्सी 

Published Date: 30 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर