नेपाल औषधि व्यवसायी संघ भक्तपुरको चौथौं साधारण सभा सम्पन्न

नेपाल औषधि व्यवसायी संघ भक्तपुरको चौथौं साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १६ । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा भक्तपुरको चौथौं साधारण सभा सम्पन्न भयो।

भक्तपुरको निलबाराही रिसोर्ट सो साधारण सभा सम्पन्न भएको हो। नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले उद्घाटन गरेको सो कार्यक्रममा संघले संयुक्त रूपमा नयाँ क्यालेण्डरको विमोचन गरेको थियो।

कार्यक्रममा महासचिव राजु श्रेष्ठ, जिल्ला शाखा काठमाडौका अध्यक्ष शंकर महर्जन, जिल्ला शाखा ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, जिल्ला शाखा काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, जिल्ला शाखा रामेछाप – दोलखाका सदस्य मदन भौकाजी लगायतका प्रतिष्ठित व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरे।

भक्तपुरका जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले पनि बोलेका थिए।

 

Published Date: 29 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर