भक्तपुरमा डिजिटल पत्रकारीता र एआई विषयक अभिमुखिकरण सम्पन्न

भक्तपुरमा डिजिटल पत्रकारीता र एआई विषयक अभिमुखिकरण सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुुर थिमी नगरपालिका शिक्षा स्वास्थ्य, सास्कृतिक सम्पदा संरक्षणका साथै भक्तपुरको पत्रकारीता विकासमा पनि काम गर्दै आइरहेको बताए।

नगरपालिकाले केही समय अगाडीमात्र मध्यपुर महोत्सव सम्पन्न गर्दै आन्तरिक तथा बाह्य पर्यटन आर्कषण गरेको भन्दै भक्तपुरका पत्रकारले महोत्सव सफल बनाउन सहयोग गरेको बताए । अहिलेको युग डिजिटल युग भएकाले भक्तपुरका क्रियाशिल संचारकर्मीहरुको क्षमता अभिबृद्धि गर्न नगरपालिकाले महासंघ भक्तपुर शाखासँग सहकार्य गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा विषेश अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव राम प्रसाद दहालले डिजिटल पत्रकारीतको युुगमा एआई भन्दा पनि पत्रकार एन्भान्स हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले भक्तपुरको संचार क्षेत्रमा नयाँ आयामा थप्न डिजिटल पत्रकारीता र एआई प्रविधिको क्षमता अभिबृद्धि कार्यक्रम ल्याएको बताए । उनले डिजिटल पत्रकारीताको क्षेत्रमा एउटा ईट्टा थपिएको समेत बताए ।

आगामी दिनमा पनि भक्तपुरको पत्रकारीता विकास गर्न विभिन्न एड्भान्स तालिमहरु संचालन गर्ने बताए । भक्तपुरका क्रियासिल संचारकर्मीहरुलाई डिजिटल पत्रकारीता सम्बन्धी प्रशिक्षण विरेन्द्र धामी र एआई सम्बन्धी प्रशिक्षण जिवन भण्डारीले दिएका थिए ।

Published Date: 29 March 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली