मधेस प्रदेशलाई सुपर ओभरमा हराउँदै गण्डकी विजयी

मधेस प्रदेशलाई सुपर ओभरमा हराउँदै गण्डकी विजयी : Icon Khabar

काठमाडौं, चैत ११ । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मधेश प्रदेशलाई सुपर ओभरमा गण्डकीले पराजित गरेको हो।

सिद्धार्थ क्रिकेट मैदानमा दुवै टोलीले २४६ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिनु परेको हो। प्रधानमन्त्री कपमा यो पहिलो सुपर ओभर हो।

सुपर ओभरमा गण्डकीले प्रस्तुत गरेको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रन मात्रै बनाउ सकेको थियो भने मधेशका लागि रुपेशसिंहले ६ र पवन सराफले तीन रन बनाएका थिए।

त्यसअघि गण्डकीले सुपर ओभरमा २२ रन बनाएको थियो। गण्डकीका लागि अमृत गुरुङले १३ र सुदीप अर्यालले ६ रनको योगदान गरेका थिए।

खेलमा मधेशले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन नै बनाए पछि खेल टुंग्याउन सुपर अाेभरमा गएकाे हाे।

जितसँगै ९ खेलमा ४ अंक जोडेको गण्डकी आठौं स्थानमा छ । पराजित मधेश ७ खेलबाट समान अंकका साथ सातौं स्थानमा रहेको छ।

Published Date: 24 March 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली