शुक्राबर सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

शुक्राबर सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ८ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो । नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 21 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग