धुलोले आक्रान्त भएपछि स्थानीयवासीले गरे धुलिखेल–खावा सडक बन्द

धुलोले आक्रान्त भएपछि स्थानीयवासीले गरे धुलिखेल–खावा सडक बन्द : Icon Khabar

काठमाडौँ, चैत ७ । धुलोले आक्रान्त भएपछि स्थानीयवासीले धुलिखेल–खावा सडक बन्द गरेका छन्। बिहीबार बिहानैदेखि सडकको आवागमन बन्द गरेको धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विनोद गौतमले जानकारी दिए।

यो सडक अरनिको राजमार्गअन्तर्गत पर्छ। पूर्वी सिन्धुपाल्चोक, काभ्रेपाल्चोक कोशीपारि लगायत पूर्वी भाग, दोलखा, रामेछाप जोड्ने महत्त्वपूर्ण सडक हो। नेपाल–चीन जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्गसमेत हो।

‘सुख्खायाम छ। धुलोले जनजीवन आक्रान्त बन्न पुग्यो। सडक वरपरका बासिन्दा बस्न त सकेका छैनन् नै खेतीपाती गर्नसमेत नहुने भयो,’ वडाध्यक्ष गौतमले भने, ‘पोहोर जेठमै ठेक्का तोडेको भए हुन्थ्यो, अहिले तोडियो।’

ठेक्का तोडिएपछि सडक बेवारिसे बनेको उनले बताए। सडक नबनाएको विरोधमा आवागमन बन्द गर्दै स्थानीयहरूले अहिले पनि नाराबाजी गरिरहेका छन्। प्रहरी प्रशासनले खुलाउने प्रयास गरिरहेको गौतमले बताए।

‘सडक डिभिजनले अर्को ठेक्का खोलेको पनि छैन। पुरानो ठेकेदारले पनि काम गर्न सकेन। जम्मा चार किलोमिटर सडकको यो हालत छ,’ उनले भने।

धुलिखेल–खावा ४ किलोमिटर खण्ड स्तरोन्नति गर्न २०७९ जेठ २० गते ठेक्का लगाइएको थियो। गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको उक्त सडक २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्थ्यो। म्याद थप गर्दा पनि ठेकेदारले सडक बनाउन नसकेपछि सडक डिभिजन भक्तपुरले गत फागुन १५ गते ठेक्का रद्द गरेको थियो।

ठेकेदार कम्पनीले सडकको डिजाइन नै त्रुटिपूर्ण भएको बताउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)