धुलोले आक्रान्त भएपछि स्थानीयवासीले गरे धुलिखेल–खावा सडक बन्द

धुलोले आक्रान्त भएपछि स्थानीयवासीले गरे धुलिखेल–खावा सडक बन्द : Icon Khabar

काठमाडौँ, चैत ७ । धुलोले आक्रान्त भएपछि स्थानीयवासीले धुलिखेल–खावा सडक बन्द गरेका छन्। बिहीबार बिहानैदेखि सडकको आवागमन बन्द गरेको धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विनोद गौतमले जानकारी दिए।

यो सडक अरनिको राजमार्गअन्तर्गत पर्छ। पूर्वी सिन्धुपाल्चोक, काभ्रेपाल्चोक कोशीपारि लगायत पूर्वी भाग, दोलखा, रामेछाप जोड्ने महत्त्वपूर्ण सडक हो। नेपाल–चीन जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्गसमेत हो।

‘सुख्खायाम छ। धुलोले जनजीवन आक्रान्त बन्न पुग्यो। सडक वरपरका बासिन्दा बस्न त सकेका छैनन् नै खेतीपाती गर्नसमेत नहुने भयो,’ वडाध्यक्ष गौतमले भने, ‘पोहोर जेठमै ठेक्का तोडेको भए हुन्थ्यो, अहिले तोडियो।’

ठेक्का तोडिएपछि सडक बेवारिसे बनेको उनले बताए। सडक नबनाएको विरोधमा आवागमन बन्द गर्दै स्थानीयहरूले अहिले पनि नाराबाजी गरिरहेका छन्। प्रहरी प्रशासनले खुलाउने प्रयास गरिरहेको गौतमले बताए।

‘सडक डिभिजनले अर्को ठेक्का खोलेको पनि छैन। पुरानो ठेकेदारले पनि काम गर्न सकेन। जम्मा चार किलोमिटर सडकको यो हालत छ,’ उनले भने।

धुलिखेल–खावा ४ किलोमिटर खण्ड स्तरोन्नति गर्न २०७९ जेठ २० गते ठेक्का लगाइएको थियो। गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको उक्त सडक २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्थ्यो। म्याद थप गर्दा पनि ठेकेदारले सडक बनाउन नसकेपछि सडक डिभिजन भक्तपुरले गत फागुन १५ गते ठेक्का रद्द गरेको थियो।

ठेकेदार कम्पनीले सडकको डिजाइन नै त्रुटिपूर्ण भएको बताउँदै आएको छ।

Published Date: 20 March 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता