पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै, गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै, गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्ने : Icon Khabar

काठमाडौं, चैत ६ । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । पूजाअर्चनाका लागि उनी गोरखा जान लागेका हुन् ।

शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् ।

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।

गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।

Published Date: 19 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग