बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुग्यो

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, चैत ६ । घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।

सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ ।

Published Date: 19 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग